सर्लाहीको मलंगवामा चैत्र १२ गतेका दिन भारतीय सुपर स्टार एवं हास्य कलाकार राजपाल यादव आउद

२०७८ चैत्र ८, मंगलवार १५:४९

किसन साह
सर्लाही,चैत्र ०८ गते ।
जिल्ला सर्लाही को सदरमुकाम मलंगवामा चैत्र १२ गते गोपाल सेवा समितिको ९ औं राष्ट्रिय महाधिवेशन सर्लाहीको मलंगवा नगरपालिका वडा न–२ स्थित कवर्ड हलमा हुने भनिएको राष्ट्रिय महाधिवेशनमा भाग लिन प्रमुख अतिथिको रुपमा भारतीय चलचित्र जगत का चर्चित सुपर स्टार एवं हास्य अभिनेता राजपाल यादव आउने समितिका राष्ट्रिय अध्यक्ष माननीय कौशल यादवले जानकारी दिनुभएको छ। राष्ट्रिय अध्यक्ष यादवले महाधिवेशनमा सहभागी हुन समितिका सदस्य लगायत अन्य सबैलाई अनुरोध गर्नुभएको छ ।
सर्लाही जिल्लामै पहिलोपटक भारती चलचित्रका कुनै स्टार कलाकार आउन लागेको हो।राजपाल यादव मलंगवामा आउन लागेको खबर फैलिएपछि उनलाई प्रत्यक्षरुपमा हेर्नका लागि मलंगवासहित जिल्लाभरीका जनताहरु उत्साहित भएका छन् ।



ताजा खबर