रंजित चौरसिया
वीरगंज,चैत्र ०८ गते । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ निवासी मोहमद इसा मिकरानी पार्टी परित्याग गरेकै कारण आफु माथि जसपाका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन । चैत्र ३ गते कुटपिटबाट घाइते भई वीरगंज स्थित नेश्नल मेडिकल कलेजमा उपचार गराइरहेका महमद इसा मिकरानीले यस अनलाईन संग कुरा गर्दै आफु पार्टी परित्याग गरेकै कारण ज्यान मार्ने उदेश्यले हमला गरिएको आरोप लगाएका हुन ।
जनता समाजवादी पार्टीलाई परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेकै कारण सर्लाही क्यामपस चिफ बताउने राजेश राय यादवले आफु माथि हातपात गर्नुको साथै ज्यान मार्ने उदेश्यले नै हमला गरेको आरोप मिकरानीले लगाएका हुन । मलंगवा नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा उम्मेदवारी दिने भएको कारण आफुलाई निर्घात कुटपिट गरिएको हुन सक्ने मिकरानीले दावी गरेका हुन ।
बिगत ५ दिनदेखी नेश्नल मेडिकल कलेजमा उपचार गराइरहेका मोहमद इसा मिकरानीले रातिको समयमा जनता समाजवादी पार्टीका कार्यकर्ता र क्याम्पस चिफ बताउने राजेश राय यादवले आफु माथि ज्यान नै मार्ने उदेश्यले एक्कासी हमला गरेको बताएका छन । उनका अनुसार हमला गर्ने गिरोह लगायत राजेश राय यादव माथि कानुनी उपचार गर्न अवाश्यक रहेको हुदा नेपाल सरकारको कानुन बमोजिम कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अपिल समेत गर्नुभयो ।
पार्टी परित्याग गरेकै कारण ज्यान मार्ने उदेश्यले हमला गरिएको पिडितले लगाए आरोप
२०७८ चैत्र ८, मंगलवार १५:५३
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer