काठमाडौ,चैत्र ०८ गते । ईलाका प्रहरी कार्यालय मिर्चया सिरहामा कार्यरत प्रहरी नायव निरीक्षक सुरेन्द्र खेडवार २०७८ साल फागुन महिनाको उत्कृष्ट प्रहरी ” ( POLICE OF THE MONTH ) घोषित भएका छन् ।
प्रहरी नायव निरीक्षक सुरेन्द्र खेडवारले विभागिय मुल्य–मान्यता,आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउने क्रममा मिति २०७८।११।१६ गते जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं . ७ स्थीत कमला नदीको किनारमा काठमाण्डौ जिल्ला महानगरपालिका वडा नं .२० बस्ने बर्ष २२ की पुजा सिंह पोदारको कर्तव्य गरी हत्या गरेको घटनाको सफलता पूर्वक अनुसन्धान गरी घटनामा संलग्न अभियुक्तहरुलाई पक्राउ गर्नुको साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय सर्लाही अपराध अनुसन्धान समूह दरबन्दी भई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा कार्यरत प्रहरी नायव निरीक्षक सुरेन्द्र खेडवारलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले २०७८ साल फागुन महिनाको उत्कृष्ट प्रहरी ” ( POLICE OF THE MONTH ) घोषणा गरिका हुन ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको एसपी अर्जुन प्रसाद तिमिल्सिनाले बताएका छन्