वडाध्यक्षद्वारा “पावर“को दुरुपयोग,जवर्जस्ती करणी आरोपमै सात लाख जरिवाना

२०७८ चैत्र ९, बुधबार ०७:३४

जीतेन्द्र कुमार राम
जनकपुरधाम,चैत ९ गते ।
धनुषाको एक स्थानिय तहमा बितेको तीन हप्ता अगाडी देखि नै एक युवकमाथी जवर्जस्ती करणिको आरोपमा बारम्बार अनेकाअनेक ढंगले समाज लगायत प्रतिनिधिले समेत कुटपिट,लुटपाट संगै आर्थिक मानसिक यातना समेत दिदै आइरहेको एक घटना सार्वजनिक भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं.११ गौरिपुर डिलटोलका कक्षा १२ मा पढ्दै आइरहेका एक २१ बर्षिय युवक रसिद राइन माथी उक्त आरोप लागेको हो।

“छोरा पढाइलेखाइको सिलसिलामा बर्दिबास बस्दै आइरहेको तथा अचानक बिचमै एक सामान्य छलफल रहेको जानकारी गराउदै छलफलमा जादा आफ्नो छोरा रसिदमाथी त्यही पालिकाकै एक महिलाले आफू संग जवर्जस्ती करणी गरेको आरोप लाग्दा झसङ्ग भए,“निजका बुवा जाकिर राइनले बताउनुभयो।

दोश्रो छलफलमा छोरालाइ बोलाउदा स्थानिय युवाहरुले बीच छलफलमै हातपात,कुटपिट गर्नुका साथै त्यही राती आफ्नो घरका दुई बुहारी माथी कुटपिट,गर्भवती बुहारी माथी कुटपिट,घरमा रुपैया पैसा,गरगहना लुटपाट मा संलग्न स्थानीय ती युवाहरुलाइ त्यही वडाका वडाध्यक्ष सत्यनारायण कुमर दनुबारले खटाइएको समेत निजका बुबाले जनाउनुभयो।

आफु ती महिलासंग कुनै प्रकारको यौनजन्य कार्यमा संलग्न नरहेको तथा महिला टोलको हिसाबले कान्छो भाइको श्रीमती रहेका कारण बुहारी पर्ने भएकोले हेरेको समेत नरहेको भन्दै भनिरह्दा पनि वडाध्यक्ष दनुबारले जोर जवर्जस्ती पावरको दुरुपयोग गरि कानुन गुहार्न जान नपर्ने ,सवै निर्णय समाजले नै गर्ने भन्दै सात लाखको जरिवाना गरि तमसुक समेत गराइएको बताइएको छ।निज युवकले यदि आफू ती यौनजन्य प्रयासमा संलग्न भए कानुनको सहारा लिइ सावित भए दुबै बाउछोरा जेल समेत जान तयार रहेको पत्रकार सम्मेलन गरि बताइएको छ।

यता आफू माथी रसिदले मिलोमतोमै पटकपटक शारीरिक सम्बन्ध भएकै कारण गर्भ बसेको तथा ती गर्भलाइ निज केटाले जनकपुर लगि गर्भपतन गराएको आरोप लगाइएको छ।

घटनामा वडाध्यक्ष दनुबारका अनुसार ती केटाले गलति गरेको,महिलालाइ उसको श्रीमानले छाडिदिएको कारण अर्को बिबाह गराइदिने हिसाबले सात लाख रुपैया मिलाइदिन भनी कागज गरिएको छ।आफ्नो कुनै प्रकारको संलग्नता छैन,नेपाल बार एसोसिएसनको कानुन अनुरुप पचास हजार भन्दा बढि रकमको कपाली तमसुक वडाध्यक्षकोमा सिफारिस गराउनुपर्ने भएकोले आफुले सिफारिस मात्रै गरेको समेत बताउनुभयो।

घटनामा जवर्जस्ती करणी आरोपमा फसाइएका ती युवकमाथी जिल्ला प्रहरीको महिला सेलमा समेत उजुरी ती महिलाले दिएको तथा कुनै प्रकारको छलफल वा गतिविधि प्रहरीमा गइ नगरेको समेत जनाइएको छ।युवकले पनि इलाका प्रहरी सवैलाको अन्तर्गत रहेको बरमझिया चौकिमा शान्ती सुरक्षा भनी निवेदन दिइएको हो।



ताजा खबर