‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ : नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेश प्रमुख दशरथ झा

२०७८ चैत्र ९, बुधबार ०८:५३


सर्लाही चैत्र ०९ गते । नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेश प्रमुख दशरथ झाद्धारा प्रदेशका विभिन्न शाखा र उप शाखाको अभिकर्ताहरुलाई आधारभुत तालिम सुरु गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालय बिरगंजको आयोजनामा मधेश प्रदेशका ८ जिल्लामा एक दिने “अभिकर्ता पुनर्ताजगी कार्यक्रम” सुरु भएको छ ।
उक्त कार्यक्रममा कम्पनीको विभिन्न जीवन बीमा योजनाको बारेमा छलफल गरिनुका साथै सहभागी अभिकर्ताहरु लागि जीवन बीमा अभिकर्ताको आधारभुत तालिम समेत प्रदान गरिएको थियो।
त्यसै गरि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले भन्नुभयो, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।
उपस्थित सम्पूर्ण व्यक्तिहरु उत्साहित हुँदैे बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स मार्फत सहभागी भइ बीमा व्यवसायमा लाग्ने प्रणका साथ उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।



ताजा खबर