नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाद्वारा मृत्यु दावी भुक्तानी

२०७८ चैत्र ९, बुधबार १६:२२

सर्लाही,चैत्र ९ गते । नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाले उदयपुर जिल्लामा एक परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । गाइघाट शाखाले त्रियुगा नगरपालिका वडा नं.१२ का स्वर्गिय संगिता कुमरी कर्णको परिवारलाई मृत्यु दावी स्वरुपको दावी भुक्तानी गरेको हो ।

तिन लाख रुपैयाँको विमा योजना गराउनु भएको थियो । उहाँले उक्त योजना मार्फ २ किस्ता समेत तिर्नुभएको थियो । नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाका प्रमुख गिरिस चन्द्र कर्णका अनुसार स्व.कर्णको परिवारलाई २ किस्ताको विमा शुल्क बापत ४६ हजार ७७ रुपैया भुक्तानी गर्नुभएकोमा मृत्यु दावी स्वरुप ३ लाख रुपैया र ३६ हजार बोनस रकम बापत जम्मा ३ लाख ३६ हजार रुपैयाँ भुक्तानी गरिएको हो ।
उक्त रकम मृतकको भाई रमित कर्णलाई नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाका प्रमुख गिरिस चन्द्र कर्णले चेक हस्तान्तरण प्रदान गर्नु भयो ।



ताजा खबर