सिराहामा इजाजत प्राप्त हातहतियार बुझाउन चैत मसान्तसम्मको समयसीमा

२०७८ चैत्र १०, बिहीबार ०७:०१

सिराहा,चैत्र १० गते । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षा कायम राख्न सिराहा प्रशासनले हातहतियार बुझाउन सूचना जारी गरेको छ। इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेका हातहतियार तथा गोलीगट्ठा बुझाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो।

आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन घोषणा भइसकेकाले शान्ति सुरक्षा कायम राख्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए। ‘इजाजत प्राप्त हातहतियार चैत मसान्तसम्म बुझाउन सूचना जारी गरिएको छ,’ प्रजिअ कवारीले भने, ‘निर्धारित समयभित्र नबुझाउनेको हातहतियार नियन्त्रणमा लिइनेछ।’



ताजा खबर