जवर्जस्ती करणीको प्रयास प्रकरण:चुनाबी मुखमा फसाउन खोजेको वडाध्यक्षको दाबी

२०७८ चैत्र ११, शुक्रबार ०३:३१

जीतेन्द्र कुमार राम
जनकपुरधाम । गत तीन सप्ताह अगाडि धनुषाको गणेशमान चारनाथ नगरपालिका ११ शंकरपुर डिल टोलमा भए/नभएको बारम्बार जवर्जस्ती बलात्कार प्रयास प्रकरणको घटनाले नया मोड लिन थालेको छ।

बलात्कार मुद्दामा आरोपी बनाइएका रसिद राइनका बुबा जाकिरले ६ गते चैतमा वडा कार्यालयको रोहबरमा भएको छलफलमा वडाध्यक्ष सहित समाजले जवर्जस्ती बलात्कारी ठहर नभएको तथा छोराबाट केही गलती नभएको बेला पनि आफुलाइ सात लाख रुपैया जरिबाना नेपाली कागजमा सहि हस्ताक्षर गराएको बयानलाइ भने वडाध्यक्ष सत्यनारायण कुमर दनुबारले पल्टाएका छन।वडाध्यक्ष दनुबारले न त कुनै जरिवाना नै गरेको न त कुनै कागजमै सहि हस्ताक्षर नगराएको दाबी गरेका छन।

मंगलबार रसिदका बुबा जाकिर राइनले पत्रकार सम्मेलन गरि आफुमाथी झुठो आरोप लगाएको तथा चुनावको मुखमा अन्य दलका राजनीतिक पार्टी प्रतिनिधिले दाउ खेली फसाउने प्रयास गरेको ब्यहोरा जनाइएको छ।

घटनापछि बारम्बार समाजमै अनेकन छलफल भयो तर नमिलेपछि वडा कार्यालय अगाडि नै छलफल बसियो र बिच छलफलमै आफुलाइ पनि बोलाइयो तर आफुले यस्तो प्रकारको घटना समाजमा मिलाउन हुदैन भनी आफू त्यहांबाट उठेर गएको समेत वडाध्यक्ष दनुवारले बताउनुभयो।

पत्रकार सम्मेलनमा वडाध्यक्ष दनुबारले कुनै प्रकारको जरिवानाको कागज नगरेको भनेपनि बिहिबार संचारकर्मी जीतेन्द्र कुमार रामले घटनाको बारे बुझ्दा पिडित केटिलाइ उसको श्रीमानले तलाक दिइसकेका कारण अर्को बिहे खर्च बापत मात्र समाजले गरेको सात लाख जरिवाना कागजलाइ नेपाल बार एसोसिएसनको लेनदेन सम्वन्धी कानुनले ५० हजार भन्दा बढिको कागज गर्नुपर्दा वडा कार्यालयबाट सिफारिस र प्रमाणित गर्नुपर्ने भएको आफुले प्रमाणित गरेको बताइएको कल रेकर्ड सुरक्षित रहेको छ।

यता पिडित केटिले भने आफुले आपसी समझदारीमै निज रसिदसंग बेरबेर शारीरिक सम्बन्ध राखेको स्वीकार गर्दै आइरहेकी छिन भने गर्भमा बच्चा बसिसक्दा केटाले ट्याब्लेट खुवाइ गर्भपतन गराएको आरोप लगाएकी छिन।दुबै जना सम्बन्धमै रह्दा आफुसित केही नगद ,गरगहना समेत केटालाइ बिहे गर्ने भनी दिएको बताएकी छिन।

गर्भपतन गराएपछि उक्त केटिले जिल्ला प्रहरीको महिला सेलमा भने न्यायको लागि निवेदन हालिसकेकी तथा बारम्बार खोजी गर्दा पनि पिडितका परिवार सम्पर्कमा नआएको र कारण बुझ्दा जिल्ला प्रहरी धनुषाका एक प्रहरीले पिडित परिवारले प्रहरीलाइ पैसा खुवाएको आरोप प्रत्यारोप लगाएकी छिन जबकि रसिदका बुबा भने आफू निवेदन पर्नुअघी इलाका प्रहरी सवैलाको मातहतमा रहेको बरमझिया चौकिमा निवेदनका साथै जिल्ला प्रहरीमा समेत उपस्थिति जनाएको बताउदै आइरहेको छ।

भए नभएको घटना पछि निज पिडितका श्रीमानले श्रीमतीलाई मुस्लिम कानुन अनुसार तलाक दिइसकेको बताएकी छिन ,जबकी उसको दुई छोरा छन ।पिडित केटिले आफुलाइ न्याय पाउन या त पिडक केटाले आफुसंग बिहे गर्नुपर्ने या त पिडक जेलै जानुपर्ने माग गरेकी छिन।



ताजा खबर