सप्तरीको माओवादी केन्द्रको चुनावी चहल पहल शुरु

२०७८ चैत्र १३, आईतवार १०:५८


शुभ नारायण यादव
सप्तरी,चैत्र १३ गते ।
नेपाल सरकारले स्थानीय तहको निर्वाचन अगामी बैशाख ३० गते गर्ने घोषणासँगै सप्तरीमा माओवादी केन्द्रको चुनावी चहलपहल शुरु भएको छ । नेकपा(माओवादीकेन्द्र)का क्रियाकलाप बढ्नुको साथै स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ ।
नेकपा (माओवादी केन्द्र)ले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्र पारेका छन् । सरकारले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गतेलाई तय गरेको छ । माओवादी केन्द्र)ले सप्तरीे १८ स्थानीय तहको १६३ वटै वडामा टोल समिति गठन गर्नुका पालिका र वडाका सम्भावित उम्मेदवारहरुले दावी गरेका छन । चुनावी चहल पहल अन्तर्गत महादेवा गापावाट अध्यक्षमा दिपेन्द्र माझी, देवराम यादव ,मनोज यादव,कृष्णदेव मण्डल,वेजु कामैत,फरेवी सदा, आकाँक्षी छन् भने अनिता कुमारी मण्डल, अनिता कुमारी यादव, परमिला यादव,बुच्चि देवी सरदारको नाम उपाध्यक्षमा चर्चा छ ।
सप्तरीको बोदेवर्साइन नपावाट प्रमुखमा डा. सुर्य प्रसाद यादव, इन्जिनियर बैजनाथ प्रसाद यादव,दिलिप कुमार यादव,देव नारायण प्रमाणी,किरण कुमार यादव रहेको छ । त्यसै गरी उप प्रमुखमा सुनिता कुमारी साह रहेकी छिन ।सप्तकोशी नपावाट प्रमुखमा रविन्द्र चौधरी,शम्भु खडका,धु्रव कार्की,संतोष्ँ खतिवडा,कञ्चनरुप नपावाट बंशी चौधरी,सतय नारायण चौधरी,अग्नीसायरकृष्णसवरण गापावाट अध्यक्षमा बेचन चौधरी,असर्फी सदा,उपाध्यक्षमा रमिता सदारहेका छन । त्यसे गरी रुपनी गापावाट अध्यक्षमा अरुण साह,भगवती यादव, राजविराज नपावाट प्रमुखमा रामगमन साह,डाÞप्राÞदेवनाथ यादव,केदार देव,भन्ना लाल यादव,मोÞ गणी,मधुसुदन यादव,जय प्रकाश यादव,उपप्रमुखमा प्रतिमा यादव,तिरहुत गापावाट अध्यक्षमा गोपाल प्रसाद गुप्ता,विशेश्वर यादव,उपाध्यक्षमा लालमैन देवी सरदार आकाँक्ष्ीा छिन् । त्यस्तै हनुमाननगरकंकालिनी नपावाट प्रमुखमा राहुल मण्डल,बशन्त मण्डल,तिलाठी कोइलाडी गापावाट संजय सिंह,अभिनास सिंह,मुनि लाल मुखिया,उपाध्यक्षमा अनिता मुखिया,मालती देवी मुखिया,अनार देवी खंग,छिन्नमस्ता गापावाट अध्यक्षमा जय प्रकाश यादव,विनोद यादव,शम्भु खंग,विष्णुपुर गापावाट अध्यक्षमा राम कुमार राय,बलराम यादव,राजगढवाट मोÞ इब्राहिम मियाँ,बिशेश्वर यादव,डाकनेश्वरी नपावाट प्रमुखमा कर्म लाल यादव,भुलाइ राम,शम्भुनाथ नपावाट प्रमुखमा गणपति साह,दाना लाल चौधरी,भैगरथ साह,खडक नपावाट प्रमुखमा जय प्रकाश चौधरी,उचित लाल चौधरी,सुरुगां नपावाट प्रमुखमा हरि नारायण चौधरी,चतुर चौधरी, यम बहादुर खपाङ्गी मगर, लक्ष्मी चौधरी प्रमुखका आकाँक्षी छन् भने सर्मिला चौधरी, लक्ष्मी चौधरीको नाम उप–प्रमुखमा चर्चामा छन् । वलान विहुल गापावाट अध्यक्ष्मा महेन्द्र यादव,पशुपति यादव आकाँक्षी रहेको पार्टी श्रोतले जनाएको छ ।
सरकारले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता १६ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।
माओवादी केन्द्रको चुनावी नारा –गाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँ ।
–माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व
–नेपाली जनक्रान्तिको अमूल्य उपहार, संघ प्रदेश र स्थानीय जनसरकार
–सबैखाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तिको उपलब्धिको रक्षा र विस्तार गरौँ
–श्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि
–विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ ।



ताजा खबर