सर्लाहीको फुलजोरमा यात्रु बस अनियन्त्रित भई पुलबाट तल खसिदा चार जनाको मृत्यु

२०७८ चैत्र १३, आईतवार १५:२६

नितेश कुमार पटेल
सर्लाही,चैत्र १३ गते ।
सर्लाहीको फुलजोर खोलामा बस दुर्घटना हुँदा ३६ जना मध्ये ४ जनाको मृत्यु भएको छ । ३ दर्जन बढी घाईते भएका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी र इश्वरपुरको सिमामा पर्ने फुलजोर खोलाको पुलबाट बस खोलामा खसेका छन्। वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना. ४ ख ८५५५ नम्बरको यात्रुबस आईतबार बिहान करिब ११ः३० बजे पुलबाट तल खसेका छन् । गाडी आफै अनियन्त्रित भई बस पुलबाट तल खसेको बताईएपनि अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

मृतक हुने ४ जना मध्ये एक जना पुरुष र एकजना महिला को सनाखत हुन नसकेको बताएका छन्। शव लाई पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल मलंगवामा ल्याएको र घाईतेहरुको लालबन्दी स्थित विभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवा ले जनाएका छन।



ताजा खबर