सप्तरी जिल्ला अदालतमा २९२८ मुद्दा दर्ता

२०७८ चैत्र १४, सोमबार ११:२१


शुभ नारायण यादव
सप्तरी,चैत १४ गते ।
सप्तरी जिल्ला अदालतमा चालु आर्थिक वर्षको आठ महिनामा दुई हजार नौ सय २८ थान मुद्दा दर्ता भएका छन । गत आÞवÞ को जिम्मेवारी सरेर ४३९६ आएकोमा लगत सात हजार ३२४ थान रहेकोमा पुनरावेदन ६ वटा र २३ वटा रिट परेकोमा दुई हजार ४३७ फर्छौट भएको छ भने चार हजार ८८७ थान मुद्दा फैसला हुन बाँकी रहेको छ । सप्तरीमा १० जना न्यायाधिश रहेको सप्तरी जिल्ला अदालतमा साउहदेखि फागुनसम्मको आठ महिनामा फौजदारी तर्फ ७०७ र देवानी तर्फ दुई हजार नौ सय २८ थान मुद्दा गरी कुल दुई हजार नौ सय २८ थान मुद्दा दर्ता भएको हो । जिल्लाको १८ वटै स्थानिय तहवाट विभिन्न शीर्षकका मुद्दाहरु आएको श्रेस्तेदार कुमार मास्केले जानकारी दिनु भयो ।



ताजा खबर