तिलाठी कोइलाडी गापामा माओवादीको चुनावी चहलपहल

२०७८ चैत्र १४, सोमबार ११:२५


शुभ नारायण यादव
सप्तरी,चैत १४ गते ।
सरकारले स्थानीय तहको निर्वाचन अगामी बैशाख ३० गते गर्ने घोषणासँगै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा माओवादी केन्द्रको चुनावी चहलपहल शुरु भएको छ । नेकपा(माओवादीकेन्द्र)का क्रियाकलाप बढ्नुको साथै वडाध्यक्ष पदका सम्भावित उम्मेदवारहरुले दावी गरेका छन । चुनावी चहल पहल अन्तर्गत सोमवार तिलाठी कोईलाडी गापा वडा नम्बर ४ राममा नेतृत्वहरुको विचमा भेटधाट,ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारी दावी गर्नेहरुको नामावली समेत धोषणा गरेका छन । सो अवसरमा तिलाठी कोईलाडी गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढने प्रतिवद्घता माओवादी केन्द्रका स्थानिय नेताहरुले गरेका छन । सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा तिलाठी कोईलाडी गापाको ८ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको दावी गरे ।
तिलाठी कोईलाडी गापा ४ वडा अन्तर्गतका वडाध्यक्ष पदमा मुनि लाल मुखिया आकांक्षी रहेका छन । सो अवसरमा भेटधाट,छलफल तथा निर्वाचन अन्र्तक्रियामा गापाका अध्यक्ष पदका आकाक्षी संजय कुमार सिंह, वडाध्यक्ष पदका आकाक्षी मुनि लाल मुखिया स्थानिय गजेन्द्र साह,श्याम मुखिया,मुसहरु राम,विजल राम,लगायतको उपस्थिती रहेको थियो ।
सरकारले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता १६ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।



ताजा खबर