नितेश कुमार पटेल
सर्लाही,चैत्र १५ गते । बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनको समय नजिकदै जाँदा मतदाता आकर्षित गर्न केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु लगायतका प्रत्यासी तथा आकांक्षीहरु जनताको घर दैलोमा पुग्न थालेका छन् ।
नेपालको अन्य जिल्लाहरु जस्तै सर्लाहीमा पनि चुनावी चहल पहल बढेको देखिन्छ।
जिल्लाका गाउँ, शहर, टोल, बजार, चौक ,चौराहा तथा चिया खाजा पसलहरुमा चुनावी चर्चा भइरहेको देखिन्छ।
स्थानीय तहको निर्वाचनलाई लिएर विभिन्न पदका प्रत्यासीदेखि लिएर उनीहरुका कार्यकर्ता तथा समर्थकहरु उत्साहित देखिएका छन्।
चुनावमा भाग लिने राजनीतिक दलहरुका नेता, कार्यकर्ता र समर्थकहरु बीच कसले जित्ने कसको हार हुने साथै मत परिणामको सम्बन्धमा चर्चा परिचर्चा हुने गरेको पाइएको छ।
निर्वाचनको समय नजिक आउदै गरेकोले चुनाव लड्ने आकांक्षी रहेका नेताहरुले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदको लागि धमाधम उम्मेदवारी घोषणा गरि सार्वजनिक भइरहेका छन् । कतिपयले उमेदवारी घोषणा गरिसकेका छन् भने कतिपय राजनीतिक पार्टीले प्रदान गर्ने टिकटको प्रतिक्षामा रहेका छन्। पार्टीबाट टिकट पाइसकेपछि मात्र आफु उमेदवार बनेको घोषणा गर्ने तयारीमा रहेको हरिपूर्बा नगरपालिकाका एकजना आकांक्षी उमेदवारले भने। २० वटा स्थानीय तह रहेको सर्लाहीमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीको बारेमा बढी बहस हुने गरेको देखिन्छन्।
सर्लाहीमा चुनावी चहल पहल दिन दिन बढ्दै, प्रत्यासी तथा आकांक्षीहरु सार्वजनिक हुदै
२०७८ चैत्र १५, मंगलवार १०:५३
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer