शुभ नारायण यादव
सप्तरी,चैत्र १५ गते । सप्तरीबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । भारतीय सीमासंग जोडिएको जिल्लाको राजगढ गाउंपालिका वडा न.– ६ बाट सशस्त्र प्रहरीले सो पेस्तोल बरामद गरेको छ । प्रहरीका अनुसार गएराति करिब ११ बजेतिर उक्त गाउंपालिका वडा न.–६ बर्दाहीमा रहेको आँपको बगैंचाबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
भारतबाट चोर बाटो हुँदै लुकिछिपी हतियार ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीका टोलीले सो पेस्तोल बरामद गर्न सफल भए पनि पेस्तोल बोक्ने मानिस भने फरार भएको छ । प्रहरी टोली आएको सुँइको पाएपछि हतियार बोक्ने व्यक्ति झोलामा राखिएको पेस्तोल बगैंचामा छोडेर फरार भएको अनुमान प्रहरीले लगाएको छ ।
बगैंचामा फालिएको वेवारिसे झोला चेकजाँच गर्दा बरामद भएको कटुवा पेस्तोल आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी सँगै फरार व्यक्तिको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेड क्वाटर सप्तरीका एसपि प्रदिप खडकाका अनुसार आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रमा गस्ती बढाइएको र सोही क्रममा हतियार बरामद गरिएको बताए ।
यता निर्वाचनको बेला हुनसक्ने सम्भावित अपराधिक क्रियाकलाप हुन नदिन सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको समयमा नेपाल भारत खुल्ला सीमा नाकाको दुरुपयोग गरी भारतबाट नेपालमा हतियार भित्रियाउने तस्करहरु फष्टाएर गएको छ ।
सप्तरीमा सशस्त्र प्रहरीद्वारा अवैध हतियार बरामद
२०७८ चैत्र १५, मंगलवार १०:५६संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer