बहुदरमाईका उपमेयर गायत्री देवी सहित ५०० जनाले गरे एमालेमा प्रवेश ।

२०७८ चैत्र १६, बुधबार १०:५२

कृष्णा प्र कुशवाहा

पर्सा,चैत्र १६ गते । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको वडा न।२ पिपरामा आज नेकपा एमालेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको सभापतित्वमा तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा सहइन्चार्ज राजकुमार गुप्ताको प्रमुख आतिथ्यता , नेकपा एमालेका नेता शिव पटेलको बिशिष्ठ आतिथ्यता, केदारनाथ तिवारी , डा । संतोष गुप्ता , पूरण कुर्मी लगायतको उपस्थितिमा भएको सम्पन्न कार्यक्रममा नेपाली कांग्रेशबाट निर्वाचित बहुदरमाई नगरपालिकाकी उपमेयर गायत्री देवी र उनका श्रीमान पुर्ब गाबिस अध्यक्ष राजदेव यादव र कमल महतो कोईरीको नेतृत्वमा ५०० जनाले काङ्ग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा पार्टीमा प्रवेश गरेका छन ।
नेकपा एमाले बहुदरमाई वडा कमिटीको विशेष पहलमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो। पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका सम्पूर्णलाई अबिर टिका तथा गमछा ओढाई केन्द्रीय सदस्य गुप्ताले स्वागत गरेका थिए । पार्टी प्रवेश गरेका सम्पूर्णलाई नेता गुप्ताले राजनीतिक सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गुप्ताले राष्ट्रहित र विकासमा निरन्तर क्रियाशील र गरीब, विपन्न नागरिकको उन्नति, भलाइका लागि सँधै योगदान गरिरहने पार्टी नेकपा एमाले हो भने उनले बताए ।त्यस्तै राष्ट्रको हितमा एमाले बाहेक कुनै पार्टी उभिन नसक्ने बताउदै नेता गुप्ताले एमसीसी सत्ता गठबन्धनको निजी स्वार्थका लागि जबरजस्ती संसदबाट पारित गरेको आरोप लगाए । गरीब, विपन्न जनताको प्यारो पार्टी एमाले भएका कारण सबै जनताको आशा पनि एमाले नै भएको छ । उनले भने, ‘त्यसैले आज सबैको प्यारो पार्टी बनेको छ ।’



ताजा खबर