काठमाडौं,चैत्र १६ गते । प्रहरी प्रधान कार्यालय, नक्सालले सर्लाही प्रहरी प्रमुख परिवर्तन गरेको छ । सर्लाही पठाइएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण प्रसाईंलाई जिम्मेवारीबाट हटाएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बनाएको आचारसंहितामा सामान्तयाः एक वर्ष अवधि पूरा नभइ कुनै इकाइको नेतृत्व गरिरहेका प्रहरीलाई नहटाउने भनिएको थियो । तर आर्थिक अनियमिततामा मुछिए जुनसुकै वेला हटाउने सकिने भनिएको थियो ।
तर प्रसाईंलाई जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाहसँगको विवादसँग जोडेर हटाइएको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार शाहमाथि शनिबार आक्रमण भएपछि जसपा एसपी प्रसाईंसँग रुष्ट थियो । प्रसाईंलाई हटाएपछि उनको ठाउँमा एसपी प्रविण पोखरेललाई पठाइएको छ ।