रुसी महासंघको अवैतनिक दूतमा नियुक्त भएका डा.महतोलाई गृह जिल्लामा भव्य स्वागत

२०७८ चैत्र १७, बिहीबार ०७:१४


रामनारायण ठाकुर
सिरहा,चैत्र १७ गते ।
समाजसेवी,जनता समाजवादी पार्टीका नेता तथा पूर्व सभासद डा. बीरेन्द्र महतो रुसी महासंघको अवैतनिक दूतमा नियुक्त भएकोले सिरहाको कर्जन्हा आफनै गृह जिल्ला आएकोले डा.बीरेन्द्र महतोलाई भव्य स्वागत गरिएको छ ।
रुसी महासंघको अवैतनिक दूतमा नियुक्त भएर कर्जन्हा आएका डा.महतोलाई जनता समाजवादी पार्टी नेपाल कर्जन्हाका नगर कार्य समिति उपस्थित सर्वसाधारण र नेता तथा कार्यकर्ताहरुले बन्दिपुरमा स्वागत गर्दै सम्मान गरेका हुन् ।
डा.महतोलाई फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हामा पनि भव्य स्वागत गर्नु भएको छ ।
डा. बीरेन्द्र महतो रुसी महासंघको अवैतनिक दूतमा नियुक्त भएका छन् । परराष्ट्र मन्त्री डा.नारायण खड्काले रसियास्थित मस्कोबाट नेपालका लागि अवैतनिक दूतका रुपमा नियुक्त भएका छन ।
डा. बीरेन्द्र महतोलाई अवैतनिक दूतको रुपमा अनुमति दिइएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले डा. महतोको कार्यालय भक्तपुर जिल्लामा अवस्थित हुने गरी अवैतनिक वाणिज्यदूतमा अनुमति दिइएको जनाएको छ । साथै महतोको कन्सुलर कार्यक्षेत्र भक्तपुर जिल्लाभर मिति २०८१ साल माघ २९ गते सम्म रहने जनाइएको छ ।

महतो गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । रुसी महासंघका अवैतनिक दूत महतो माछापुच्छ्रे बैंकका अध्यक्ष छन भने उनको परिवारको नेको इन्स्योरेन्स कम्पनीसहितका बीमा कम्पनी तथा अन्य वित्तिय संस्थाहरुमा समेत लगानी छ ।
स्वागतमा जनता समाजवादी पार्टी नेपाल कर्जन्हाका नगर अध्यक्ष केशब प्र.साह, नगर स– सचिव अन्जनि राई ,जसपा युवा नेता शम्भु ब्यार , जनता समाजवादी पार्टी नेपालका यूवा नेता तथा समाजसेवी प्रभात महतो लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।



ताजा खबर