शुभ नारायण यादव
सप्तरी, चैत्र १७ गते । सप्तरीमा म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय अरविन्द कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
मण्डलले म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ललाई फकाई प्रलोभनमा पारी रकम लिने गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ
२०७८ चैत्र १७, बिहीबार ११:४७
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer