सशस्त्र प्रहरी बल मिर्चैयाद्वारा घरेलु मदिरा नष्ट

२०७८ चैत्र १८, शुक्रबार ०६:०८


रामनारायण ठाकुर
सिरहा,चैत्र १८ गते ।
सशस्त्र प्रहरी बल मिर्चैयाले अवैधरूपले उत्पादन गरिएका करिब ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल मिर्चैयाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) चाम नारायण महतोका अनुसार सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.९ घुर्मी स्थित चेक जाचको क्रममा ५० लिटर घरेलु मदिरा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल मिर्चैयाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) चाम नारायण महतोको अनुुसार मदिराकै कारण समाजमा हत्या,हिंसा,बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने भए हो ।



ताजा खबर