सर्लाही जल्लाको मलंगवामा गोली चल्यो, एक जना युवकको मृत्यु

२०७८ चैत्र २३, बुधबार १७:००

नितेश पटेल

सर्लाही,चैत्र २३ गते । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा अहिले साँझको समयमा गोली चलेको छ।

अज बुधबार साँझ करिब ७ः३० बजेतिर मलंगवा नगरपालिका–९, स्थित कृष्णामति मा.वि. रिङरोड नजिक गोली चलेको छ।

पहिचान खुल्नबाकी करिब ३० वर्ष उमेर भएका,घटनास्थलमै गोली लागेकर घाईते अवस्थामा एक युवक फेला परेका थिए । घाइतेलाई सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको क्रममा करिब ९ः४० बजे चिकित्सकले मृत्यू घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयले जानकारी गराएँ अनुसार उनी भारतीय नागरीक हुन सक्ने अनुमान गरेका छन् । घाईतेको पहिचान खुल्ननसकेको र गोली कसले चलायो र किन भन्ने विवरण अहिले सम्म नआएका प्रहरीले जानकारी गराउनुभयो।
घटनास्थलमा अनुसन्धान टोली परिचालन भईसकेको छ,विस्तृत विवरण आउन केही समय लग्ला जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी गराउनुभयो।



ताजा खबर