देवानगञ्ज गाउँपालिकामा राजनीतिककर्मीको भुमिका र कार्यशैली

२०७८ चैत्र २८, सोमबार १५:०१

अल्पसंख्यक समुदाय भोटर मात्रै बन्ने कि नेतृत्व पनि गर्ने

नमस्कार आदरणीय गाउँबासीहरु !

आज निकै दुःखदका साथ यी शिर्षकमा दुई शब्द लेख्न मन लागेको छ । आफु गाउँमा नहुँदापनि गाउँ घटेको घटना, पिडामा परेको पीडितको समस्याहरुलाई सरोकारवालाहरु समक्ष पुर्याउने काम जारी राखेको यहाँहरुलाई सर्वबिधितै छ । सायद यसै कारणले होला पुनः एकपटक देवानगञ्ज गाउँपालिकामा राजनीतिककर्मीको भुमिका र कार्यशैली भन्ने शिर्षकमा लेख्न बाध्य बनाएको छ ।

आदरणीय जनसमुदाय आसन्न स्थानीय तहको निर्वाचन अगामी बैशाख ३० गते हुन् गइरहेको छ । यसै निर्वाचनको सेरोफेरोमा रहेको गाउँपालिकाका राजनीतिक दलहरु र गाउँवासीहरुलाई ध्यानाकर्षण सहित कार्यशैलीको बारेमा जानकारी गराउन चाहन्छु ।

धेरै दुःखदको साथ भन्नै पर्ने हुन्छ । सायद आज भन्दिन भने भोलि पाप लाग्न सक्ला । हामी सबै मानव हो, पशु होईन सायद । मानव भएपनि पशुझै बानी र व्यवहार राख्नु दुःखद कुरा हो । ईश्वर भगवानले हामीलाई मानव प्राणीको रुपमा बनाउनु भएको छ । भगवानले कसैलाई सानो–ठुलो बनाएर सन्सारमा पठाउदैनन । मानव यहाँ आएर कुन समुदायमा जन्मिएको हो । त्यसै हिसाबले उसको सम्मान, उसको हकहित र अधिकारको सुनिस्चित हुनै लगायतका विभिन्न कुराहरुमा जोड दिएको देखिन्छ ।

भगवानले मानवलाई सन्सारमा बनाएर पठाएपछी कुन समुदायमा जन्मिएको हो त्यो बढी महत्त्व राख्दछ अहिले सन्दर्भमा । उनले कुन समुदायमा जन्मिएको हो । त्यसै हिसाबले राज्यको सेवा सुविधा पाउनुपर्ने नियमपनि अनोैठौ छ । भगवानले मानवलाई सन्सारमा बनाएर पठाउदा जातपात र समुदाय छुट्याएर कदापि पठाउदैनन होला । भगवानले आफ्नो केवल भक्ति र पुजा गर्नको लागि मानव प्राणीलाई बनाएको हो । तसर्थ मानवमा हुने गुणलाई सहि सदुपयोग गर्नुपर्छ ।

पुजा र भक्तिको गर्नको लागि भगवानले मानवलाई बनाएको हुँदापनि आफू बस्ने देश र राज्यको कानुन अनुसार चल्न र चलाउन निति, नियम र राजनीतिकको आवश्यकता छ । राजनीतिक भनेको नागरिकलाई सेवा दिनु हो र सबैलाई बराबर सम्मान गर्नु बुझिन्छ । तर देवानगञ्ज गाउँपालिका ठिक विपरीत भएको पाइएको छ । यस्ता कुराहरु राख्न आफैंलाई दुख लागेको छ । र राख्नै पर्ने आजको आवश्यकता र समय सन्दर्भपनि हो ।

देवानगञ्ज गाउँपालिकामा के मेहता र यादवको समुदायको बाहुल्यता मात्रै हो ? के यी दुई जातीले मात्रै पालिकामा राजनीतिक वा नेतृत्व गर्ने हो । के पालिकाका भित्र रहेका मुस्लिम, दलित समुदायका मान्छे भोटर मात्रै हो ? यदि भोटर मात्रै हो भने कतिदिन यी समुदायका लागि भोटर बनी दिने हो ? कि कतै भोटर मात्रै बन्ने बानी परिसकेको त छैन ? यदि बानी परिसकेको छ भने बानी त्याग गर्नुस् । अब माथि उठ्न जरुरी छ बेला पनि आएको छ ।

मेहता र यादव समुदायले दलित र मुस्लिमको भोट लिएर धार्मिक र जातिवादको राजनीतिक गरेको हामीले हेर्दै आएका छौँ । नेपाल राज्यको अनुसार के दलित समुदायबाट अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष बन्न पाउने अधिकार छैन । कि कतै दलित समुदायका मान्छेले राजनीति गरे निर्वाचन भए हाम्रो नाक कट्छ कि भन्ने सोच त छैन । यदि छैन भने दलित समुदायबाट पनि आगामी बैशाख ३० मा हुन् गई रहेको स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्व गराउन जरुरी छ ।

दलित समुदायलाई महिला वडा सदस्य मात्रै किन ? वडा अध्यक्ष, पालिका अध्यक्ष र उपाध्यक्षमा पनि मौका दिनु पर्छ । अनि मात्रै सबै किसिमका विकास सम्भव हुन्छ । किन भने सबै भन्दा पीडित समुदाय नै दलित समुदाय हो । दलित समुदायलाई समस्याको बारेमा आफै जानकार हुन्छ किन कि उनीहरु भन्दा बढी अरु कोइ पीडित हुदैनन् । अनि मात्रै भेदभाव खतम हुन्छ । हैन भने अझैसम्म भेदभाव छ भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

अन्तमा मेहता र यादव समुदायलाई आग्रह गर्न चाहन्छु । देवानगञ्ज गाउँपालिकाको विकास र सुशासनयुक्त बनाउनका लागि दलित समुदायलाई भोटको लागि मात्रै प्रयोग गर्ने प्रवृत्ति बन्द गर्नुहुन्छ भन्ने आशा राखेको छु । देवानगञ्ज गाउँपालिकाको विकास र दलित समुदायको दुख अन्त्य गर्नको निम्ति दलित समुदायबाट पनि आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्व गराउनु हुन्छ भन्ने आग्रह सहित आशा राखेको छु ।

देवानगञ्ज गाउँपालिकामा बसोबास गर्ने अल्पसंख्यक जातिहरूलाई भोट बैंक को रूपमा मात्र प्रयोग गरिन्छ । उनीहरूलाई स्थानीय सरकारको वडा अध्यक्षको टिकटको कुरा परै जाओस् जाबो सदस्यको टिकटको लागि पनि कति पापड बेलेर पनि पाउँदो रहेन छ। हाम्रो पालिकामा भोटको कुरा गर्नुहुन्छ भने बहुसंख्यक आबादी (यादव, मेहता) भन्दा बढी अल्पसंख्यक जातिहरूको भोटर छ । तैपनि उनीहरू धेरै पिछडिएका छन । जबसम्म सबै अल्पसंख्यक हरु यो चाकरी प्रथाबाट माथि उठेर नेतृत्व गर्ने बाटो अपनाउदैन तबसम्म असम्भव छ । जय हो अल्पसंख्यक तथा दलित समुदाय जिन्दावाद ।



ताजा खबर