सिराहा,चैत्र २८ गते । काठ तस्करी गर्दागर्दै मिर्चैया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ताका सचिव टिकाराम पोखरेल पक्राउ परेका छन् ।
सिराहा जिल्लास्थित मिर्चैया नगरपालिका वडा नं.७ बाट सरकारले प्रतिबन्धित गरेको खैयरको काठ जंगलबाट तस्कर गर्दै गरेको समयमा गस्तीमा रहेका सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस मिर्चैयाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । हरियो डाँडा सामुदायिक वनको अध्यक्ष समेत रहेको पोखरेल पटकपटक काठ तस्करको आरोप लाग्दै आए पनि यो पटक भने प्रहरीले उनलाई पक्राउ गर्न सफल भएका छन् ।
साथै नेकपा एमाले मिर्चैया नगरपालिका स्तरीय नेता नै काठ तस्कर गरेको अवस्थामा पक्राउ परेपछि यतिबेला एमालेका शिर्षा नेताहरू पोख्रेललाई छाड्न ठाडो आदेश दिइरहेको स्रोतले बताए ।हामीले यस विषय सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस मिर्चैयाका इन्सपेक्टर चाम नारायण महतोसँग बुझ्दा उनले पक्रा परेका पोखरेललाई वन डिभिजन कार्यालय लहानमा पठाइसकिएको जानकारी दिए ।
उनका अनुसार पोखरेलले कुनै कागजात वा स्वीकृतिबिना एक ट्रक खैयरको काठ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाहीको लागि वन कार्यालय पठाएको बताए ।