पाइलटले भेउ नपाउँदा जहाज धावनमार्गमा रोकिएपछि‘

२०७९ बैशाख १६, शुक्रबार ०५:४९


काठमाडौं,बैशाख १६ गते । बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाज केहीबेर धावनमार्गमा रोकिएको छ ।

सो परीक्षण उडानमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिकका अनुसार काठमाडौंको त्रिभुवन विमानस्थलबाट गएको जहाज अवतरण गरिसकेपछि जहाज मोड्ने बेला जहाज केही परसम्म पुगिसकेका कारण आवश्यक मोड पुगेन ।

जसले गर्दा जहाजलाई उपकरणको सहायतामा पछाडि सारेर मोड्नु परेको छ । जसले गर्दा जहाज करीव २० मिनेट अवतरणपछि पनि धावनमार्गको छेउमा रोकिएको थियो ।

‘जहाज परीक्षण उडानका क्रममा भएका कारण पाइलटले भेउ नपाएको हुन सक्छ,’ ती प्राविधिकले भने । जहाजलाई मोडिसकेपछि भने पानीको फोहराले जहाजको स्वागत गरिएको छ । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक जहाजबाट परीक्षण उडान गरिएको हो ।

यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका थिए । गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी रहेको छ ।



ताजा खबर