रिपेन्द्र कुमार ढुङ्गेल
सिरहा,बैशाख २३ गते । जिम्मेवारी पाए जनताको भावना अनुरुप काम गर्ने मिर्चैया नगरपालिका वडा नं.६ को वडा अध्यक्ष उम्मेदवार सत्रुधन साहले बताउनुभयो ।
मिर्चैया नगरपालिका वडा नं.६को वडा अध्यक्ष पदमा उम्मेदवारी दिई उनी यतिबेला चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममा व्यस्त भएका हुन् । चुनावी अभियानका क्रममा वडाका आमजनताको साथ र समर्थन अपार रहेकोले अत्यधिक मतले आफु विजयी हुने वडा अध्यक्षका प्रत्यासी सत्रुधन साहले बताए ।साहले भने जनताले मिर्चैया नगरपालिका वडा नं.६का वडा अध्यक्षको रुपमा निर्वाचित हुने अवसर दिएपछि वडाको हरेक टोलसम्म पक्की सडक,वडाका विद्यालयहरुको भौतिक पूर्वाधार सम्पन्न बनाई गुणस्तरीय पठनपाठन,वडादेखि पालिका कार्यालयसम्मको सेवासुविधालाई सेवाग्राहीमैत्री बनाउने,सर्वसुलभ स्वास्थ्य सेवा, सिंचाईको व्यवस्था, बृक्षारोपन,महिला,युवा,बालबालिका तथा दलित एवम् विपन्नवर्गलाई लक्षित गरी सीपमूलक तथा रोजगारमूलक कार्यक्रमहरु अगाडि बढाउने सङ्कल्प छ ।
जिम्मेवारी पाए जनताको भावना अनुरुप काम गर्नेःमिर्चैया न.पा.वडा नं.६ को वडा अध्यक्ष उम्मेदवार सत्रुधन साह
२०७९ बैशाख २३, शुक्रबार ०८:५९
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer