सिरहा,वैशाख २७ गते । जनताले मलाई चुनावमा जिताएर वडाको जिम्मेवारी दिएको खण्डमा शासक बनेर होइन जनताको सेवक बनेर काम गर्ने कुरा मिर्चैया न.पा.६ को वडा अध्यक्ष उम्मेदवार सत्रुधन साहले बताउनु भएको छ ।
सत्रुधन साह जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्छ छाता छापबाट मिर्चैया न.पा.वडा नं.६ को वडा अध्यक्ष उम्मेदवार हुनुहुन्छ । स्थानीय चुनावमा मतदान गर्न अब ३ दिनमात्र बाँकी रहेकोले उनी अहिले आफ्ना प्यानलका सदस्य पदका उमेदवारहरुको साथ मिर्चैया नगरपालिका वडा नः–६ को प्रत्येक घरमा भोट माग्न घरदैलो अभियानलाई तिब्र पारेका छन् । मत माग्न घरदैलोमा पुगेका साहलाई स्थानीयहरुले पनि जितको शुभकामना दिनुका साथै मतदाताहरुले आफ्नो वडा र टोलको विकास तथा सुधारको लागि आग्रह गरेका छन् ।
वडाअध्यक्ष प्रत्यासी(उम्मेदवार) साहले आफ्नो घोषणा पत्रमा उल्लेख भएका कामहरुको साथै वडामा रहेका अधुरा र अपुरा कामहरुलाई पुरा गर्ने स्थानीयबासीहरु सँग प्रतिबद्धता ब्यक्त गरेका छन् ।
साहले आफु जितेपछि वडा भित्रको सबै बाटो र गल्लीमा नालासहितको ढलान,चौबीसै घण्टा विधुत आपुर्ति,फ्रि वाइफाई जडान,गरिब,असहाय तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति,सुविधा सम्पन्न पुस्तकालय,एम्बुलेन्सको व्यवस्था,किसान वर्गको लागि रसायनिक मल,वृक्षरोपण गरि हरियाली वाड घोषित गर्ने,वडाको चौकमा सार्वजनिक सुलभ शौचायलको संचालनमा लाउने बताउनुभएको छ।
किसान वर्गको लागि रसायनिक मल,वृक्षरोपण गरि हरियाली वाड घोषित गर्नेः मिर्चैया न.पा.६ को वडा अध्यक्ष उम्मेदवार सत्रुधन साह
२०७९ बैशाख २७, मंगलवार १६:१८
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer