उपमेयर र अन्यदलका नेताले अनेकौं प्रोपोगण्डा सृजित गरे, बिकास कार्यमा बाधा आउन दिएन ः पुर्व नगरप्रमुख शाह

२०७९ बैशाख २७, मंगलवार १६:३३

कृष्णनगर,बैशाख २७ गते । नेपाली कांग्रेसको कृष्णनगर नगरपालिका बाट नगरप्रमुख पदका उम्मेदवार रजत प्रताप शाहले प्रोपोगण्डा फैलाउने विपक्षको काम हो , त्यसैले मेरो कसैसंग प्रतिस्पर्धा नरहेको बताउनुभयो ।

स्थानीय तह निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएर दोहोरो मतान्तरबाट निर्वाचित भई नगरप्रमुख पदको कार्यकाल पूरा गर्ने रजत प्रताप शाहले आफू नगरपालिकाका गाउं गाउँसम्म पुर्याएको बिकासका योजनाले नै जीत सुनिश्चित रहेको बताउनुभएको छ ।
उपमेयर र अन्यदलका नेताले अनेकौं प्रोपोगण्डा सृजित गरेपनि बिकास निर्माण कार्यमा बाधा आउन दिनेमा प्रतिबद्ध थिए ।

उनी भन्छन – मेरो कुनै उम्मेदवारसंग प्रतिस्पर्धा रहेको छैन किनकी मलाई जनताले सबभन्दा बढी मत दिएर पुनः एक पटक जितांउछन । मलाई सबै धर्म समुदायले भोट दिन्छन किनभने म मेयर हुंदा हाल माओवादी केन्द्रबाट नगरप्रमुख उम्मेदवार जावेद खां की भाइ बुहारी सबनम खातुन उपमेयर हुंदा उनका पतिले जबर्जस्ती नगरिालिका चलाउन खोज्ने , कर्मचारी थर्काउने जस्ता क्रियाकलाप गरेकाले यसपाली आउने सम्भावना न्यून छ । अन्य एक–दुई महिने उम्मेदवारको पनि खासै प्रभाव नगरका मतदातामाथि नपरेकोले मेरो प्रतिद्वन्दी कोही नरहेको स्पष्ट पार्न चाहन्छु । निवर्तमान नगरप्रमुख शाह अहिले नेपाली कांग्रेस पार्टीको टिकटमा फेरि नगरप्रमुख पद दोहोर्याउने प्रयासमा लागि परेका छन ।



ताजा खबर