राप्रपा पार्टीको कार्यकर्ता प्रशिक्षण

२०७९ भाद्र २५, शनिबार १७:२३

सन्तोष गुप्ता
सुनसरी/ सत्तालोभीहरुले नेपाल लाई सिक्कीमी र फिजीकरण गर्न नागरिकता बिल ल्याएको भन्दै राष्ट्रवादीहरुलाई कहिले स्वीकार्य नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनसरी जिल्ला अध्यक्ष दुर्गा वहादुर बस्नेतले बताएका छन् ।

शुक्रवार चतराको औलिया मठमा पार्टी वार्ड १ र २ ले संयुक्त आयोजना गरेको आसन्न मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि कार्यकर्ता प्रशिक्षण भेटभाटमा आएका प्रमुख अतिथि बस्नेतले नामै लिएर कांग्रेस एमाले र माओवादी भनाउँदो पार्टीहरुले देशलाई संघीयताको नाममा लुट्ने काम गरेको आरोप लगाए ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि क्षेत्र नं ४ अध्यक्ष टेक वहादुर घिमिरेले संघीथताको नाममा जनता लाई विकास गर्नुको साटो भनै गरिव बनाएको बताए ।

कार्यक्रममा जेष्ठ ७ नागरिकहरु, पार्टीको श्याम कुमार लावती लगायत लाई नेपाली टोपी लगाएर सम्मान गरिएको कार्यक्रमका सभापति तथा वार्ड २ अध्यक्ष कुमार कार्कीले बताए ।

कार्यक्रममा दुवै वार्डको सपना गिरी र चन्द्रकला कार्की को संयोजकत्वमा ९ र १७ महिला र देवराज भट्टराई संयोजक रहेको १३ सदस्य युवा समिति गठन गरिएको सभापति कार्कीले वानकारी दिए । युवराज सिग्देलको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा राप्रपा नगर अध्यक्ष अर्जुन भट्टराई, उपाध्यक्ष भवानी गौतम लगायत उदयपुर, धरान वाट दर्जन बढी नेताहरु भेला भएका थिए ।



ताजा खबर