शान्ति युवा कल्व र अभा फाउन्डेसनकाे संयुक्तमा कविता वाच्न कार्यक्रम सम्पन्न

२०७९ भाद्र २५, शनिबार २२:३१

जुगेश दास

बिराटनगर । शान्ति युवा क्लबले अभा फाउण्डेशनको संयुक्त सहयोगमा बिराटनगर महानगरपालिकमा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बालबालिकाहरुले आ-आफ्नो कलालाई कविहरु सामु प्रस्तुत गरेका छन् ।

कार्यक्रममा कविहरुले कला क्षेत्रलाई विस्तार गर्ने आजको आवश्यकता रहेको बताएका छन् । उनीहरुले स-साना बालबालिकाहरुले चालेको कदमको स्वागत गर्नुका साथै अगाडि दिनमा कला क्षेत्रलाई जिवित राख्न आजको प्रमुख विषय बनेको बताएका छन् ।

पछिल्लो समय कला क्षेत्रमा लोपोन्मुख देख्न थालेको उल्लेख गर्दै अधिकांश कविहरुले कला क्षेत्रलाई विस्तार गर्नमा बालबालिकाले कदम सहारानीय रहेको भन्दै उनीहरूजो उज्ज्वल भविस्यको कामना गर्दै आफुहरु साथमा रहेको बताउनुभयो । उनीहरुले आजको सन्दर्भमा कविता वाचन पनि एउटा कला क्षेत्र भित्र पर्न थालेको जिकिर गर्नुभयो ।

शुक्रबार भएको कविता वाचन कार्यक्रममा सगरमाथा स्कुलका विद्यार्थी रजक रमन दवाडी प्रथम स्थान ओगटन सफल भएका छन् । यसैगरी मेरील्याण्ड कलेजका विद्यार्थी अजय शर्मा द्वितीय भएको छ भने सेन्ट जोसेफ स्कूलका विद्यार्थी दिव्यनी यादव तृतीय बनेका छन् ।

कविता वाचन कार्यक्रममा कवि हरि कटेल, कवि सुभलक्ष्मी लम्साल र कवि शपूजा बाहरले कार्यक्रमको निर्णायक मण्डलको भुमिका निर्वाह गरेका थिए । खुमै नेपालीको प्रमुख आतिथ्यता र अभा अनुपमाको विशिष्ठ अतिथिमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता अनिश मेहताले गर्नुभएको थियो । उक्त कार्यक्रममा अम्बिका खरेल उप्रेती, मिन श्रेष्ठ लगायत क्लवका सदस्य र विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।



ताजा खबर