शिक्षक चौहानको गैरजिम्मेवारीका कारण नेराप्रावि फुलकौलको अवस्था भताभुङ्ग

२०७९ भाद्र २९, बुधबार २१:०४

पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फुलकौल भौराटारका एक जना शिक्षक राजनीतिको आडमा स्कूललाई भताभुङ्ग बनाउन कम्मर कसेर लागेका छन् ।
उनी हुन सोही स्कूलका स्थायी शिक्षक रामजी प्रसाद चौहान । चौहान गत असार ६ गते देखि स्कूलमा खुट्टा समेत टेकेका छैनन् । शिक्षक चौहानले बिगत लामो समय देखि स्कूल नआउदा विद्यार्थीहरुको पढाई ठप्प नै भएको छ । स्कूलमा जम्मा ४ जना शिक्षक हुनुहुन्छ, तर चौहान करिब ३ महिना देखि स्कूल नआएकोले ३ जना शिक्षकले जेनतेन गरी स्कूल सञ्चालन गर्नु परेको स्कूलका प्रधानाध्यापक नरेश प्रसाद यादव बताउछन् ।
चौहानले श्रीमतिको उपचार गराउनु पर्ने भन्दै सामान्य निवेदन दिएर बिदा लिई उनी राजनीतिक दलको अधिकांश कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाउने गरेको स्थानियहरुले नै बताएका छन् ।
शिक्षक चौहान शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघका बहदुरमाई नगरपालिकाका अध्यक्ष पनि हुन् । जब शिक्षक महासंघका अध्यक्ष नै यसरी गैरजिम्मेवार र लापरवाह भए भने उनले कसरी अरु शिक्षकहरुलाई व्यवस्थापन र सुधार गर्लान शंकाको विषय बनेको छ ।
शिक्षक चौहान राजनीतिक दलको आडमा स्कूलनै नगई तलब मात्र खाने दाउमा रहे पनि उनको तलब कुनै पनि हालतमा निकासा नहुने स्कूलका प्रधानाध्यापक यादवले बताए । सो स्कूलमा राजनीति पसेकोले शिक्षाको अवस्था सुधार हुन नसेको प्रअ यादवले स्किारगर्नु भयो ।
शिक्षक चौहानलाई बारम्बार विभिन्न माध्यमबाट सम्पर्क गर्न खोजे पनि उनी सम्पर्कमा नआएको बताउदै प्र.अ. यादवले अब उनी विरुद्ध लिखित रुपमै माथिल्लो निकायमा जाने बताए । शिक्षक चौहान गत असार ६ गते देखि नआएकोले उनको हाजिर समेत काटिएको प्रधानाध्यपक यादवले बताए । शिक्षक चौहानको अनुपस्थित बारेमा वडा नं. ७ को कार्यालय, पालिकाको शिक्षा शाखा, प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती, मेयर, उपमेयरलाई समेत मौखिक रुपमा जानकारी गराई सकेको र अब लिखित रुपमै अगाडि बढने बताए ।
सो स्कूलमा विद्यालय व्यवस्थापन समिति पनि पूर्ण नरहेको देखिएको छ । बिगत २ वर्ष पहिले भएको अभिभावक भेलाबाट निर्मला देवी यादव, धुरेन्द्र पटेल, विनय प्रसाद यादव र रामवती देवी राम गरी ४ जना मात्र चयन भएका हुन् । विद्यालय व्यवस्थापन समिति पूर्ण नरहेकोले विद्यालयको भौतिक पूर्वाधार, पठनपाठन, व्यवस्थापन लगायतमा सुधार हुन नसेको प्र.अ. यादवले बताए ।
शिक्षक चौहानलाई राजनीति नै गर्नु छ भने पहिला शिक्षकबाट राजीनामा दिनु अनि जे गर्नुछ गर्नुहोला, स्थानियहरुले भने कमसेकम उनी राजीनामा दिए उनको ठाउँमा अर्को शिक्षक त आउनु हुन्थ्यो ।
यस विषयमा बहुदरमाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवसँग बुझदा शिक्षक चौहानको बारेमा आफुलाई मौखिक रुपमा जानकारी आएको छ, लिखित रुपमा जानकारी आए कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए । यता स्कूलको चौतर्फि विकासको लागि मैले विभिन्न निकाय, वडा र पालिकाबाट सक्दो सहयोग मागी स्कूलको विकासमा लाग्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेति सँग बुझदा शिक्षक चौहानले बिना कुनै जानकारी यति लामो बिदा बस्न नमिल्ने र स्कूलबाट लिखित रुपमा जानकारी आए शिक्षा नियमावली अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।



ताजा खबर