सप्तरीको बरहि बिरपुर स्थित नहरमा वेबारिसे पुरुषको शव फेला

२०७९ आश्विन ४, मंगलवार १४:१९

बाबा विश्वकर्माकाे मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका एक पुरुषको शव अाज बिहान सप्तरीको छिन्नमस्ता र बिष्णुपुर गाउपालिकाकाे बिचमा पर्ने सिमाना बरहि बिरपुर स्थित काेशि नहरमा वेबारिसे शव फेदा परेको छ । दुई दिन अगाडि मात्रै बाबा विश्वकर्माकाे मुरती सेलाउन सप्तरीको राजविराजबाट अाएकाे टाेलिमध्ये एक जना अन्दाजि २५/३० बर्षिय युवक डुबेर बेपता भएको थियाे । झण्डै दुई दिन पछि अाज बिहान साे पुरुषको शव मृत अवस्थामा काेशि नहरमा फेला परेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विगत दुई दिन देखि साे शवकाे खाेजि कार्य भइरहेको तर नहरमा पानिकाे मात्रा बढि रहेकाले फेला नपरेको तथा नहरमा पानी घटेपछि अाज िबहान साे शव मृत अवस्थामा फेला परेको बताउनुभयो । यता साे शवलाइ सशस्त्र प्रहरी तथा नेपाल प्रहरी र स्थानीयबासिहरुकाे सहयोगमा नहरबाट निकालि शवलाइ पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल पठाएको प्रहरीले जनाएको छ । उक्त शवकाे सनाखन हुन नसकेपनि घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।



ताजा खबर