गुणस्तरहीन खाजा वितरण गरेको भन्दै पकाहामैनपुरको एक विद्यालयमा तालाबन्दी

२०७९ आश्विन ७, शुक्रबार १८:११

पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं २ स्थित रहेको श्री संसारी माइ आधारभूत विद्यालय सुर्जहामा स्थानियहरुले तालाबन्दी गरेका छन् ।

खाजा वितरणमा व्यापक भ्रस्टचार गरेको भन्दै हिजो गएको स्थानीय बासीहरुले टोलीले विद्यालयमा तालाबन्दी गरेका छन् । पालिकाले बालबालिकाहरुका लागि पठाएको खाजा वापतको रकममा शिक्षकहरुले आफ्नो कमिसन काटी खाजा वितरण गर्दा खाजाको पैसा अभाव हुन लाग्दा १० लिटर दूधमा २५ लिटर पानी हाली खाना बनाउन लाग्दा स्थानियहरुले प्रत्यक रुपमा देखि विरोध गरी तालाबन्दी गरेका हुन् ।

त्यस विद्यालयमा कार्यकारी प्रधानाध्याकका जिम्मा लिएका सन्जय चौहान कहिले बिधालय नआउने गरेको स्थानियहरुले बताएका छन् । उहाँ नेपाली काङ्ग्रेस निकट शिक्षक रहेका हुन भने उक्त पालिका नेपाली कांग्रेस जितेका कारण उनी घरमै बसी तलब खाने गरेको स्थानीयहरु बताउँछ । साताको आडमा नेपाली कांग्रेस निकट मानिएका प्रधानध्यापक सन्जय चौहान विद्यालयलाई भ्रस्टचारको अखडा बनाएको स्थानियहरु बताउँछन् ।

उक्त विद्यालयमा शिक्षकहरुको नियुक्ति बढी भए पनि दैनिक २ / ३ जना शिक्षकहरु आई बिधालय खोली बालबालिकाहरुलाई मात्र ४ बजे सम्म थुन्ने गरेका छन् । पढाइ नगराई मात्र कोरम पूरा गर्न लाई ४ बजे सम्म विद्यार्थिहरुलाई ४ बजे सम्म थुन्ने गरेका छन् ।

उक्त विद्यालयमा यस्ता शिक्षकहरु पनि कि उहाँहरुलाई बोर्डिङ स्कुलका ५ कक्षाका विद्यार्थीहरु पढाएर गई दिन्छ । उक्त विद्यालयका शिक्षकहरूलाई त अङ्ग्रेजी भाषाको किताब पठाउन आउँदैन भने त्यही विद्यालयका विद्यार्थीहरु बताउँछन् ।

बिधालय पत्री पलिकाले ध्यान नदिई आसेपासेलाई संरक्षण गरेकोले विद्यालयको अवस्था खराब हुँदै गएको स्थानीय बासीहरुले आरोप लगाएका छन् । पालिका प्रमुख सुरेश मेहता निकटका शिक्षकहरु रहेका कारण विद्यालयको अवस्था खराब हुँदै गएको स्थानियहरुले आरोप लगाएका छन् ।

यस विषयमा पालिका शिक्षा शाखा प्रमुख दामोदर दुवेदी संग बुझ्न खोज्दा अहिले हामी पता लगाइरहेका छौ की के कारणले विद्यालयमा तालाबन्दी गरिएको हो भने जवाब दिनबाट पछि हट्न चाहे ।



ताजा खबर