राष्ट्रपतिको असंवैधानिक निणर्यको विरुद्धमा युवा संगठनहरुद्धारा प्रजिअ मार्फत राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र

२०७९ आश्विन ८, शनिबार १६:०१

सत्ता गठबन्धनका दल निकटका युवा संगठनहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विरोधमा आपत्ती जनाउदै राष्ट्रपति विधादेवी भण्डारीको ध्यानाकर्षण गराएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत शुक्रवार राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनिहरुले राष्ट्रपति भण्डारीको ध्याानाकर्षण गराएका हुन् । काँग्रेस निकटको नेपाल तरुण दल, जसपा निकटको समाजजवादी युवा संघ, माओवादी केन्द्र निकटको वाइसियल नेपाल र एकीकृत समाजवादी निकटको युवा संघ नेपालले आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोश्रो पटक पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सिमा भित्र प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान र सवैधानिक व्यवस्था माथि नै गम्भीर रूपले प्रहार गरेको ठहर युवा संगठनहरुको छ ।
ज्ञापनपत्र मार्फत उनिहरुले संविधानको पूर्ण पालना र संरक्षणको लागि राष्ट्रपति भण्डारीसंग माग गरिएको नेपाल तरुा दल पर्साका सचिव विवेक चौरसियाले जानकारी दिए । राष्ट्रपति भण्डारीको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन पनि भएको भन्दै सचिव चौरसियाले संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, सवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यता माथि नै गम्भीर प्रहार भएको युवा संगठनहरुले दाबी गरेका छन् । त्यसैले नागरिकताबाट बन्चित लाखौ युवा युवतीहरुको हक अधिकरको सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले संविधानको पूर्ण पालना र संरक्षणको लागि माग गर्दै ज्ञापन पत्र बुझाइएको तरुण दलका सचिव चौरसियाले बताउनु भयो ।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा सचिव चौरसिया संगै समाजजवादी युवा संघका पर्सा अध्यक्ष गौरव बर्मा, वाइसियल नेपालका पर्सा इन्चार्ज सन्तोष पटेल र युवा संघ नेपालका पर्सा अध्यक्ष श्रीलाल कुशवाहा लगायतको सहभागीता रहेको थियो ।



ताजा खबर