समाजसेवी इ. यादव द्वारा निशुल्क शिक्षाको घाेषणा

२०७९ आश्विन ११, मंगलवार २१:२६

समाजसेवी एव ई संजिव नारायण यादवद्वारा १५ जना विधार्थीलाई १ वर्षको लागि निशुल्क पढाई खर्च ब्यहोर्ने घाेषणा गरेको छ ।

वर्षौ दिन देखी क्षेत्रको एक नगरपालिका र २ गाउँपालिकाका सम्पूर्ण आम जनताहरुलाई आफ्नो परिवारिक कम्पनी बाट निशुल्क घरको नक्साबनाईदिने सेवा संचालन मा रहेको हुदॅा सेवा लिनुहुन सबैलाई आग्रह समते गर्नु भएको छ।
सप्तरीकाे विष्णुपुर गाउॅपालिका वार्ड नम्वर ७( ईटहरी) निवासी विपन परिवारका कक्षा १० मा अध्ययनरत पुजन कुमारी मंडललाई १ वर्षको पढाई खर्च अन्तर्गत कपडा, ब्याग, काेपि , कलम सहित शिक्षक मोहम्मद मुखतार खान संग समन्वय गरि वर्ष भरिको ट्यूसन फि नि:शुल्कमा पढाउने प्रतिबद्धता कार्य पुरा गराएको छ।
उक्त कार्यक्रममा विष्णुपुर गाउॅपालिका वार्ड नं.-७ का वडाअध्यक्ष लोचन साह , युवा नेता रामनाथ राम, प्लान्ट क्वारेन्टाइन समितिका सदस्य राजेश राय (राहुल), राष्टिय चिया तथा कफि विकास वोर्डका कार्यकारी सदस्य सत्येन्द्र नारायण यादव, कार्यपालिका सदस्य अशोक राम, वडा सदस्यहरु गंगाई मंडल, बिष्णु मंडल, शिक्षक मो.मुक्तार खान, युवा संघका जिल्ला उपाध्यक्ष केदार यादव, युवा संघका जिल्ला उपाध्यक्ष सिकन्दर मंडल, क्षेत्रीय सदस्य जोगिन्द्र यादव,समाजवादी विधार्थी संघका जिल्ला उपाध्यक्ष मिथलेश यादव, समाजसेवी उमेश मंडल,ओम मंडल,संतोष यादव लगायतका ब्यक्तिहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन भएको छ।



ताजा खबर