सप्तरीमा राष्ट्रपति विरुद्ध प्रदर्शन र पुतला दहन ,प्रहरी द्वारा धडपकड ,दुई जना घाइते

२०७९ आश्विन ११, मंगलवार २१:२८

जसपा निकट जनवर्गीय संगठनद्वारा सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बृहत विरोध प्रदर्शन गर्दै राष्ट्रपति विध्या देवी भण्डारीको पुतला दहन गरेका छ्न । संसदबाट पारित नागरकिता ऎन सम्बन्धि विधेयक प्रमाणीकरण नगरेको विरुद्धमा जसपा आवद्ध महिला, युवा विद्यार्थीद्वारा सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुतला दहन गरेको हो । राजविराज स्थित शिव मन्दिरबाट निकालिएको विरोध जुलुस राष्ट्रपति भण्डारी विरुद्ध चर्को नारा लगाउदै राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरे । संविधान उल्लंघन गर्ने राष्ट्रपति विध्यादेवी भण्डारी राजीनामा गर, कटपुतली राष्ट्रपति भण्डारी मुर्दावाद, नागरिकता ऎन सम्बन्धि विधेयक प्रमाणीकरण गर, महिला, विद्यार्थी युव लगायतका सम्पुर्ण उत्पीडित समुदाय एक हऔं, विध्या तेरो पाराले दुख पाए सारले लगयतका विभिन्न नारा लगाउदै राष्ट्रपति विरुद्ध उत्रिएका महिला, युवा विद्यार्थीहरुले जनआन्दोलन चौक ( दशन चौक) पुगेर राष्ट्रपति भण्डारीको पुतला दहन गरे । पुतला दहन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले लाखौं नेपाली जनतालाई नागरिकता विहिन बनाएको भन्दै राष्ट्रपति भण्डारीको राजीनामा माग गरे । उनिहरुले संसदबाट दुई- दुईपटक पारित भएको नागरकिता ऎन सम्बन्धि विधेयक प्रमाणीकरण नगरी नेपालको संविधान उल्लंघन गर्ने राष्ट्रपति भण्डारीले राजिनामा नदिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।कोणसभालाई सम्बोधन गर्दै जसपा केन्द्रिय सदस्य महिला नेत्री समिला साहले एमाले कार्यकर्ता विध्यदेवी भण्डारीलाई राष्ट्रपति पद चलाउने क्षमता नरहेको बताईन । राष्ट्रपति पदमा पुगेपछी कुनै अमुक व्यक्ति र दल विशेषको इसारामा चल्नु हुदैन, नेत्री साहले भनिन, व्यक्तिविशेषको निर्देशनमा चल्ने राष्ट्रपतिको व्यवाहारले राष्ट्रकै बदनाम गरिन, उनी राष्ट्रपति पदका योग्य छैन भन्ने पछिल्लो गतिविधिबाट प्रष्ट भयो । समाजवादी युवा संघ सप्तरीका अध्यक्ष शिवम यादवले पदको दुरुपयोग गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान उल्लंघन गरेको आरोप लगाए । संबैधानिक राष्ट्रपतिलाई संविधान उल्लंघन गर्ने अधिकार नरहेको उनले जिकिर गरे । उनले राष्ट्रपति भण्डारी सम्पुर्ण देशवासीको राष्ट्रपति हुन नसकेको टिप्पणी गरे । कुनै दल विशेषको इसारामा चल्ने राष्ट्रपति भण्डारीलाई स्विकार्न नसकिने जिकिर गर्दै उनले एमालेको कटपुतली भएर राष्ट्रपति पदमा बस्ने हैसियत विध्या भण्डारीलाई नहरेकोले अविलम्ब राजिनामा दिन आग्रह गरे । समाजवादी युवा संघ सप्तरीका अध्यक्ष शिवम यादवको अध्यक्षतामा आयोजित कोणसभालाई महिला नेत्री सावित्री पंडित, समाजावादी युवा संघका प्रदेश उपाध्यक्ष भुवनेश्वर यादव (थापा), जिल्ला उपाध्यक्ष केदार यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका उपाध्यक्ष अनिल कुमार साह लगायतकाले सम्बोधन गरे । कार्यक्रमको संचालन समाजवादी युवा संघ सप्तरीका सचिब सुधीर यादवले गरेका थिए । राष्ट्रभण्डारीको पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी विच सामान्य घम्साघसी समेत भएको थियो । जलिरहेको पुतला प्रहरीले खोस्ने क्रममा युवा अध्यक्ष शिवम यादव र महिला नेत्री उषा देव यादव घाईते भएका छ्न । यता घाइतेहरुको हात र पाखुरा जलेर घाईते भएको समाजवादी युवा संघका केन्द्रिय सचिब विशाल यादवले जानकारी दिए ।



ताजा खबर