मोरङको लेटाङमा बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ

२०७९ आश्विन १२, बुधबार १२:३३

मोरङ । ७ वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका बिशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



ताजा खबर