अर्काको नाममा ट्रायल परीक्षा दिन लागेको अवस्थामा एक जना पक्राउ

२०७९ आश्विन १२, बुधबार १२:३६

दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-६ घर भएका २६ वर्षीय सबिन अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल परीक्षा दिन लागेका उनलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।



ताजा खबर