हेल्प मधेसी संस्था मलेशिया शाखाद्धारा महरा परिवारलाई आर्थिक सहयोग

२०७९ आश्विन १३, बिहीबार १४:१४

मिर्चैया नगरपालिका वडा नं.१ मन्हर्वा गाउँको रामनारायण महरालाई हेल्प मधेसी संस्था मलेशिया शाखाद्धारा बुधबार आर्थिक सहयोग गरेको छ ।
महरा करिब १५ वर्ष देखि सुगर(चिनि),बिपि बिरामी भएकोले ८ महिना देखि खुट्टामा ठुलो घाउ भएको कारणले गम्भीर भएको छ । आर्थिक अवस्था कमजोर भएको महरासंग पैसा नभए उपचार गराउन गाह्रो भएकोले घरमै बसिरहेका छन । बिरामी रामनारायण महराले समाजिक संजालमा सहयोगको अपिल गर्नु भएको थियो । त्यही सन्देश देखेर हेल्प मधेसी संस्था मलेशिया शाखाले १६ हजार रामनारायण महरालाई आर्थिक सहयोग गरेको छ ।
सहयोग कार्यक्रममा हेल्प मधेसी संस्थाका अन्तर्राष्ट्रिय सदस्य राम यादव ,कतार संस्थाका कोषाध्यक्ष सन्तोष कुमार साह, हेल्प मधेसी संस्थाका सेवक इनरजित यादब,संयोजक राम प्रकाश पासमान,सेवक श्रवण कुमार महरालगाईतको उपस्थितिमा पिडितको घरमै गएर उक्त सहयोग रकम पीडित लाई हस्तान्तरण गरिएको छ ।



ताजा खबर