भगवानपुरमा कृषि पाठशाला सम्पन्न

२०७९ आश्विन १३, बिहीबार २१:४२

सिरहाको भगवानपुरमा कृषि व्यवसाय पाठशाला संचालन सम्बन्धि स्वयंसेवक किसान क्षमता विकास तालिम सम्पन्न भएको छ । कार्यक्रममा कृषि व्यवसाय सम्बन्धि किसानहरुलाई प्रशिक्षण दिईएको छ। सहभागी किसनाहरुलाई धानवाली, गेहुंवाली, तेलहन, तरकारीवाली लगायतका विषयमा सहजिकरण गरिएको हो ।

कृषि व्यवसायमा आत्मनिर्भर बनाउने उदेश्यले संचालन गरिएको कार्यक्रममा वक्ताहरुले कृषि पेशा आयआर्जनको लागि प्रमुख स्रोत रहेकोले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले किसानलाई कृषि पेशामा लाग्न आग्रह गरे । पालिकाले कृषि पेशाको विषयमा गम्भिर रहेकोले समयमै मलखाद्य व्यवस्थापन गर्ने आश्वासन दिए ।

असोज ११ गतेदेखि १३ गतेसम्म चलेको कार्यक्रममा केयर नेपालको प्रतिनिधि निर्मला महर्जन, जिवनाथ शर्मा, प्रशिक्षक दिलिप साह, मधेश प्रदेश कृषक महासंघका सदस्य देवेन्द्र सिंह र वरिष्ठ सहजकर्ता रामसेवक महराले सहजीकरण गरेका थिए। कार्यक्रममा ४० जना किसानहरुको सहभागिता रहेको थियो ।

केयर नेपालको सहयोग, भगवानपुर गाँउपालिकाको समन्वय र राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कृषक महासंघ नेपालको महासचिव रामहरी शर्माको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत शिवेन्द्र कुमार मण्डलको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।



ताजा खबर