सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा : एक जनाको मृत्यु, एक जनाकाे अवस्था गम्भीर

२०७९ आश्विन २५, मंगलवार १८:३०

नितेश पटेल सर्लाही । सर्लाही जिल्लाको हरिपूर्बा नगरपालिका वाडा नं – ९ खिलामा हिजो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाकाे मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सर्लाही जिल्लाकै हरिपुर्बा नगरपालिका–९ खिला टोलमा बस्ने १४ वर्षीय रितेश राय यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी नायब उपरीक्षक बिजय यादवले बताए ।

सोही दुर्घटनामा परी नीजको बुबा मोटरसाइकल चालक ३५ वर्षीय बेचन राय यादब दुबै जना गम्भीर घाइते भई उनीहरूलाई उपचारका लागी न्यूरो हस्पिटल विराटनगर अस्पतालमा पठाएको थियो।

ईश्वरपुर नगरपालिका श्रीनगर बाट प्रदेश २-०२-००३प ३४९४ नम्बरको मोटरसाइकलमा चढी दुवै जना बुवा र छोरा खिला टोलमा आउदै गर्दा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइते दुबै जनालाई न्यूरो हस्पिटल विराटनगर अस्पतालमा ल्याई उपचार हुँदै जाँदा नीज बुवाको अवस्था मध्यम भई,उपचारकै क्रममा आज मोटरसाइकलको पछाडि सवार रितेश राय यादव लाई चिकित्सकले मृत घँषणा गरेको हो।

मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रण भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।



ताजा खबर