पूर्व वडा अध्यक्ष एवंम कांग्रेसका प्रभावशाली नेता सुकदेव राउत अहिर एमालेमा प्रवेश

२०७९ आश्विन ३१, सोमबार १५:५२

वीरगन्ज । बिन्दबासिनी गाउँपालिका वडा नं ५ का पूर्व वडा अध्यक्ष एवंम नेपाली कांग्रेस पार्टीका प्रभावशाली नेता सुकदेव राउत अहिर सहित पूर्व वडा सदस्य मठा चमार नेकपा एमालेमा प्रबेश गरेका छन् ।

पोखरिया नगरपालिकाको वडा नं ७ रानीगंज स्थित घरदैलो कार्यक्रममा उहाँहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवंम क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्यमा पदका उम्मेदवार राजकुमार गुप्ता गम्छा अबिर लगाई पार्टीमा स्वागत गर्नु भएको हो ।

उक्त कार्यक्रममा नकेपा एमालेका नेता शिव पटेल , हनीफ अंसारी , संजिव मिश्रा ,मोहमद निजाम , कृष्णा कुशवाहा , धीरज चौरसिया , प्रमोद कुशवाहा , विधाचल ठाकुर , बबलू गुप्ता , विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियो।



ताजा खबर