सर्लाहीमा दिनदहाडै सहकारी संस्थाका एक जना कर्मचारीमाथि गोली प्रहार

२०७९ कार्तिक २, बुधबार २०:३९

सर्लाहीमा आज बुधबार बिहान करिव ११:१५ बजेकाे समयमा बागमती नगरपालिका वडा नं -१ स्थित मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका एक जना कर्मचारी माथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक बिजय यादवले बताए ।

घाइते हुनेमा लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीमा बस्ने ३० वर्षको साजन कार्की माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। कार्कीले आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा तीन जनाकाे अज्ञात समुहले गोली प्रहार गरेर भागेका थिए।

अज्ञात समूह भारतीय नम्बरप्लेट भएका निलो रंगका मोटरसाइकलमा चढेर फरार भएका प्रहरीले जनाइएको छ ।

गोली हानेर भागेको भन्ने खबर पाएपछि प्रहरी टोलीले उनीहरूलाई खोज तलास गरिरहेका छन् । प्रहरीले सबै इकाइहरु बाट प्रहरी टोली खटिएर चेकजाँच गर्ने निर्देशन दिएका छन्।

घाइतेलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाईएको छ ।

कार्की माथि तीन राउण्ड गोली दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ । उपचार पछि उनको अवस्था अहिले मध्यम भएको छ ।



ताजा खबर