सर्लाहीमा भएका दिनदहाडै गाेलीकाण्डकाे आराेपमा ३ भारतीय नागरिक सहित १ जना नेपाली पक्राउ

२०७९ कार्तिक ३, बिहीबार १९:४९

सर्लाही जिल्लको बागमती नगरपालिका वडा नं -१ स्थित मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी साजन कार्की माथि गाेली प्रहार गरेकाे आराेपमा ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक हुन् भन्ने एकजना नेपाली नागरीक रहेकाे प्रहरी उपरीक्षक प्रविन पाेखरेलले जानकारी दिनुभयो।

हिजो बुधबार बिहान करिव ११:१५ बजेकाे समयमा लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीमा बस्ने ३० वर्षको साजन कार्की माथि गोली प्रहार भएका थियो ।कार्कीले आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा तीन जनाकाे लुटेरा समुहले गोली प्रहार गरेर भारतीय नम्बरप्लेट भाएका निलो रंगका मोटरसाइकलमा चढेर फरार भएका थिए।

काठमाडौंमा उपचार पछि घाइते कार्कीको अवस्था अहिले मध्यम रहेको चिकत्सकले बताए।

घटनामा संलग्न पक्राउ गरीएको व्यक्तिहरु:
१. देश भारतको बिहार राज्य जिल्ला शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी छपा वडा नं. ८ बस्ने वर्ष १९ को रेहान भन्ने आलोक सिंह
२.भारतकै बिहार राज्य जिल्ला वैशाली थाना उद्योगी क्षेत्र ग्राम पंचायत सुलतानपुर वडा न. १० बस्ने वर्ष १९ को सौरभ कुमार यादव
३.भारतकै बिहार राज्यको जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज वडा न. १२ बस्ने वर्ष १९ को गुलसन कुमार सिंह
४. जिल्ला सर्लाही धनकौल गा.पा. वडा न. १ मा बस्ने वर्ष ३२ को डिजे भन्ने धिरेन्द्र सहनी पनि घटनामा संग्लन रहेको प्रहरीले खुलासा गरेका छन् ।

पक्राउ परेकाविरुद्ध डका गरी लाग्ने उदेश्यले तथा पटक पटक ज्यान मार्ने शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक प्रविन पाेखरेलले बताए।



ताजा खबर