साहस नेपालको कार्यक्रममा ४ महिला सहित ६८ जनाले गरे रक्तदान

२०७९ कार्तिक २२, मंगलवार १५:३९

बाराको फेटा गाउँपालिका वडा नं. १ को श्री खैरातीमाई मेला त्रिवेणी बारमा साहस नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
फेटा गाउँपालिका वडा नं. १ को कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा ४ महिला सहित ६८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा प्रिया सिंह, प्रिति यादव, निक्की कुमारी, कुशुम कुमारी, राजेश प्रसाद कुशवाहा, मनोज बैठा, संजय कुमार साह, रामबालक मण्डल, सुरेन्द्र प्रसाद यादव, रमेश कुमार कानु, राजेश महतो कर्ण, मातिलाल कुशवाहा, संतोष कुशवाहा, आकाश कुशवाहा, सुरज यादव, संजय मण्डल लगायतकाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।
आयोजक साहस नेपालका अध्यक्ष राजेश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फेटा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष बिगन दासले “रक्तदान जिवन दान” हो भन्दै हरेक तीन–तीन महिनामा स्वस्थ्य रगत आफै नष्ट भएर जाने भएकोले हरेक ३÷३ महिनामा रक्तदान गर्न सम्पूर्णलाई सुझाएका थिए । अहिले पनि गाउँघरमा रक्तदान गरेमा कमजोरी हुने, स्वास्थ्यमा समस्या हुने जस्ता मनोवृति रहेकोले त्यसलाई चिर्दै साहस नेपालले रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिएका थिए ।
सो अवसरमा जनता समाजवादी पार्टीका नेता एवं समाजसेवी रामएकबाल प्रसाद तेली, सखीः महिलाको साथी संस्थाका प्रियंकय कुशवाहा, न्यु फ्रेन्डस क्लब बाराका लुकमान खान लगायतको सहभागीता रहेको थियो ।
रक्तदाताहरुलाई प्रोत्साहित गर्नका लागि आयोजक संस्थाले एक÷एक थान ज्याकेट समेत वितरण गरेको थियो ।
साहस नेपाल संस्थाका सल्लाहकार विक्की कुशवाहाले सहजीकरण गर्नु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी वीरगंजका जितेन्द्र कुशवाहा, मनिश गुप्ता, स्वास्थ्य चौकी भलुही भरवलियाका स्वास्थ्यकर्मीहरुको टिमले प्राविधिक सहयोग गरेका थिए ।



ताजा खबर