स्वतन्त्र उम्मेदवार प्रदिप यादवको पक्षमा जन लहर बढ्दै, घरदैलोमा भव्य स्वागत

२०७९ कार्तिक २६, शनिबार २३:१२

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका प्रदिप प्रसाद यादवको समर्थनमा स्थानीय युवादेखी बृद्धसम्म समर्थन जनाउने लहर बढेको पाइन्छ । शनिवार बिहान बारा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने बसतपुर र रंंगपुरमा गरिएको घरदैलो कार्यक्रममा स्वतन्त्र उम्मेदवार यादवको पक्षमा बृद्धदेखी युवाहरुसम्म सहभागिता जनाउदै घरदैलोमा समेत सहभागि भएका हुन ।
राज्य भ्रष्टाचारका कारण आजित भएको बेला पार्टीका नेताहरुलाई जनताले बहिस्कार गर्दै स्वतन्त्र उम्मेदवारलाई रोज्ने लहर नै चलेको घरदैलो अभियानमा पुष्टि हुन्छ । बारा लगायत मधेस प्र्रदेशको बिभिन्न जिल्लाहरुमा बढ्दै गएको भ्रष्टाचारले आजित भएका नेपाली जनता हाल हुन गइरहेको निर्वाचनमा छबि देखेर स्वतन्त्र उम्मेदवारलाई नै रोज्ने प्रदिप प्रसाद यादवको पक्षमा देखिएको जनलहरले प्रमाणित गरेको हो ।
शनिवार क्षेत्र नम्बर ३ मा पर्ने कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुर र ७ रंगपुरमा स्वतन्त्र उम्मेदवार प्रदिप प्र्रसाद यादवले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । शनिवार बिहान वडा नम्बर ७ रंगपुरमा गरिएको घरदैलो कार्यक्रममा रंगपुरवासीहरुले स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादवकै पक्षमा उभिएको भन्दै समर्थन जनाएका थिए । समर्थन मात्र नजनाई घरदैलोमा समेत सहभागि भई कार्यक्रमलाई बिशेष प्राथमिक्ता दिएका थिए ।
त्यस्तै शनिवार साझ कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा गरिएको घरदैलो कार्यक्रममा स्थानीयहरुले अग्रिम बिजयको टिका लगाउदै स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादवको पक्षमा उभिएका थिए । पार्टीका नेताहरु निर्वाचनको समयमा आउने जनतालाई बिभिन्न किसिमको आश्वास दिने बाहेक केही विकासको काम नगरेको भन्दै यसपालि स्वतन्त्र उम्मेदवारलाई नै रोेज्ने राम कुश्वाहाले बताए । पार्टीका नेताहरु रकम बाडेर निर्वाचित हुने सपना अब त्यागे हुन्छ, उनले बताए । क्षेत्र नम्बर ३ को लागि स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादव स्वच्छ छबि भएका कारण यसपालिको निर्वाचनमा प्रदिप प्रसाद यादवको लालटेन छापमै मोहर लगाउने बताउनु भयो



ताजा खबर