सप्तरीको छिन्नमस्ता गाउपालिकाकि उपाध्यक्ष राजाे देविलयादवले अाफनाे पालिकालाइ भयरहित बाल बिवाह मुक्तका साथै महिला हिन्सा मुक्त पालिका बनाउने प्रतिबद्धता जनाएकि छिन । सेभ द चिल्ड्रेनकाे सहयोगमा सेभ द सप्तरीको अायाेजनामा सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.२ स्थित महुवा विघालयमा समुन्नति कार्यक्रम अन्तरगत अन्तरपुस्ता सम्वाद कार्यक्रममा प्रमुख अतिथिकाे अासन्नबाट बाेल्दे उपाध्यक्ष यादवले यस्तो प्रतिबद्धता जनाएका हुन । उहाले अहिले पनि जिल्लाकाे ग्रामीण भेगका महिलाहरु धेरै ने पछाडि रहेकोले अब पनि मधेशका महिलाहरु अाफनाे हक अधिकारकाे लागि एक जुट भएर अगाडि बढनुपर्नेमा जाेड दिनुभयो । साेहि कार्यक्रममा छिन्नमस्ता गाउपालिका वडा न.२ का वडाअध्यक्ष सिकिन्दर साहले अाफने कार्यकालमा स्वास्थ्य चाेकि निर्माण गर्नुका साथै वडामा महिला हिन्सा लगायतका महिला माथि हुने हिन्सा अन्त्य गर्ने तथा बाल बिवाह नियन्त्रण गर्ने बताउनुभयो । साेहि कार्यक्रममा गाउपालिका शिक्षा शाखाका राजदेव खङ्ग मण्डल , वडासचिव भरत गुप्ता , पत्रकारहरु शुभ नारायण यादव , रुपेश कुमार यादव , साेहि विघालयका प्रअ महेश्वर मण्डल , शिक्षकहरु राजदेव खङग , भुपेन्द साह , स्वास्थ्य चाेकिका श्रवण कुमार साह , सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव , राजिव चाेधरि , मिथिलेश यादव ,सामाजिक परिचालक उमा यादव , विजय मण्डल , सन्जय कुमार मण्डल , शिबु मण्डल लगायतका बक्ताहरुले अा अाफनाे मन्तव्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा विभिन्न बाल क्लवका बालबालिकाहरुकाे समेत सहभागीता रहेको सेभ द सप्तरीकि सामाजिक परिचालिका उमा यादवले जानकारी दिनुभयो ।
छिन्नमस्ता गाउपालिकालाइ भयरहित महिला हिन्सा पालिका बनाउने प्रतिबद्धता
२०७९ कार्तिक ३०, बुधबार १९:११
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer
