सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर-२को क र ख बाट जनमत पार्टीको विजयी शुरूवात

२०७९ मंसिर ६, मंगलवार १५:३४

सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर-२ को ख बाट जनमत पार्टीका महेश प्रसाद यादवले १३ हजार ३२५ मत ल्याइ विजयी भएका छन्। उहाँको प्रतिद्वन्द्वी उमेश कुमार यादवले ७ हजार०२३ मत मात्र ल्याउन सक्नु भएका छन् भने जसपाका लक्ष्मण यादवले ५ हजार ६२१ मत मात्र ल्याइ तेस्रो स्थानमा चित बुझाउनु भएका छन्।

यसैगरी सप्तरी प्रतिनिधि सभा क्षेत्र २को क बाट जनमत पार्टीका सतिश कुमार सिंहले १६ हजार ७३४ मत ल्याइ विजयी हासिल गर्नु भएका छन्। उहाँको प्रतिद्वन्द्वी जसपाका शैलेन्द्र प्रसाद साहले ८ हजार २९२ मत ल्याइ दोस्रो र लोसपाका सरोज कुमार मंडल ६ हजार १३२ मत ल्याइ तेस्रो स्थानमा चित बुझाउनु भएका छन्।
यसैगरी सप्तरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टी अत्यधिक मतले अग्रता कायम गरेको छ। यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दोस्रो र लोकतान्त्रिक समाजवादी पार्टी उम्मेदवार तेस्रो स्थानमा रहेको प्रमुख निर्वाचन अधिकृत हेमन्त रावलले बताउनु भयो।
सप्तरी २ मा हालसम्म जनमत पार्टीका अध्यक्ष समेत रहेका उम्मेदवार चन्द्रकान्त राउत (सीके)ले १६ हजार ०६३ मत प्राप्त गरी अगाडी रहेका छन् भन्ने जसपाका अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादवले ७ हजार ९१४ मत ल्याइ दोस्रो र लोसपाका जयप्रकाश ठाकुरले ३ हजार ३९० मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। यस क्षेत्रमा कुल ९५ हजार २९४ मतदाता रहेको छ भने ६७ दशमलव ५६ प्रतिशत मतदान भएको भएको थियो।



ताजा खबर