सिरहा निर्वाचन क्षेत्र ४ मा जसपाका डा. बिरेन्द्र महतो ७ हजार ८ सय ८ मतान्तरले निर्वाचित

२०७९ मंसिर ९, शुक्रबार १५:०४

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सिरहा क्षेत्र नं ४ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार डा. बिरेन्द्र प्रसाद महताे २४ हजार १ सय २ मत ल्याई बिजय भएको छ । निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार बिरेन्द्र प्रसाद साहले १६ हजार २ सय ९४ मतका साथ दोस्रो स्थानमा छन् । डा. बिरेन्द्र महतो ७ हजार ८ सय ८ मतान्तरले बिजय भएको छ । तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार धर्मनाथप्रसाद साह १४ हजार ६ सय ५३ मत ल्याएका छन् ।



ताजा खबर