सर्लाही निर्वाचन क्षेत्र : २ प्रतिनिधी र प्रदेश सभामा माओवादी,नेपाली काङ्ग्रेस विजयी

२०७९ मंसिर १०, शनिबार २१:१०

सर्लाही जिल्लाको निर्वाचन क्षेत्र : २ प्रतिनिधी सभामा नेपाल कम्युनिष्ट पार्टी माओवादीकाे उम्मेदवार विजयी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीकाे उम्मेदवार पुर्व कृषि तथा पशुपन्छी मंत्री महेन्द्र राय यादब २३५२९ मत प्राप्त गरी फराकिलो मतान्तरले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन् ।

उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी उम्मेदवार राजेन्द्र महतोलाई २०११ मतान्तरले पराजित गरेका हुन् । पराजित राजेन्द्र महतोले २१५१८ मत ल्याएका निर्वाचन अधिकृत कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै सर्लाही जिल्लाकै निर्वाचन क्षेत्र : २ (क) प्रदेश सभामा नेपाली काङ्ग्रेस उम्मेदवार विजयी भएका छन् ।

नेपाली काङ्ग्रेस उम्मेदवार जंगीलाल राय ८२९० मत प्राप्त गरी फराकिलो मतान्तरले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन् ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादीकाे उम्मेदवार सुनिल कुमार साह लाई १०७६ मतान्तरले पराजित गरेका हुन् । पराजित साहले ७२१४ मत ल्याएका निर्वाचन अधिकृत कार्यालय सर्लाहीले जनाएको छ ।



ताजा खबर