सप्तरीमा एक पुरुषको घाँटी रेटिएको अवस्थामा शव फेला

२०७९ मंसिर १४, बुधबार १७:२८

सप्तरीमा घाँटी रेटिएको अवस्थामा ५० वर्षीय पुरुषको शव फेला परेको छ ।
सोमबार राति सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. १ बैरवाका ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार सोमबार राति १० बजे घरबाट निस्केका राउत बिहान अवेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।
स्थानीय बासिन्दाले राउतको घरदेखि डेढ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा घोप्टो अवस्थामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरी नायव उपरीक्षक सिंहका अनुसार धारिलो हतियार प्रहार गरी उनको घाँटी रेटी हत्या गरिएको देखिन्छ ।
यस उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



ताजा खबर