सप्तरीमा टिपरकाे ठक्करबाट छात्राकाे मृत्युु , राजमार्ग अवरुद्घ ,अवस्था तनावग्रस्त

२०७९ पुष ५, मंगलवार २१:०४

सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक छात्राको मृत्यु भएपछि त्यहाँको स्थिति अाज दिनभरि तनावपूर्ण बनेको छ ।
जिल्लाकाे रुपनी गाउँपालिका वडा न. १ बस्ने शङ्कर यादवको १२ वर्षीया छोरी रिता कुमारी यादवलाई ना १ ख ८५४२ नम्बरको टिपरले आज बिहान करिब १० बजे ठक्कर दिँदा मृत्यु भएपछि उनका आफन्त, स्थानीय तथा विद्यार्थीहरूले पूर्व पश्चिम राजमार्गको रुपनीमा अवरुद्ध गरेका हुन् ।
राजमार्गमा नै किशोरीको शव राखेर उनका आफन्त र विद्यार्थीहरूले चक्काजाम नै गर्न थालेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस, हवाई फायर र रबरको गोली समेत चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयो ।
सोही अवरोधकै कारण पूर्व–पश्चिम राजमार्ग र राजविराजका केही सडक खण्ड अवरुद्ध भएका छन् ।भने राजमार्गमा सयौं सवारि साधन तथा हजारौं यात्रुहरु अलपत्र परेका छन ।
यता मृतक रिता कन्छु नर प्रताप उच्च मा.वि. रायपुरको कक्षा ६ मा अध्ययनरत छात्रा थिइन ।



ताजा खबर